२०८२ असार २४ गते मङ्गलवार | 2025 July 8th Tuesday

राजापुरका मेयरको निर्देशन- राजनीतिक दलमा आवद्ध शिक्षक र कर्मचारीले सात दिनभित्र दल त्याग गर्नू

 

twitter sharing button
email sharing button
sharethis sharing button

बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण पेश गर्न निर्देशन दिएका छन्।

दलको कार्यकारिणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण सात दिनभित्र नगरपालिकामा पेश गर्न उनले निर्देशन दिएका हुन्।

‘राजनीतिक दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न जानकारी गरिन्छ,’ उनले भनेका छन्।

दिपेश नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई मेयर जितेका थिए। उनले लुम्बिनी प्रदेश सभा सदस्य छाडेर मेयरमा उम्मेदवारी दिई जितेका थिए।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस