२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

पहिराले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध

गएरातीको वर्षाका कारण झरेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान–दाङ खण्ड अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका–३ चोर खोलामा झरेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हाे ।

बुधवार बिहान करिब ४ः४० बजे सडक माथिबाट खसेको पहिरोले सडकका दुवै लेन पुर्ण रूपमा ढाकिएको छ । पहिरो हटाउनका लागि एक्स्काभेटरकाे सहायतामा काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो ।

पहिराे हटाउने काम भईरहेकाेले सडक खुल्न अझै केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै सयौं यात्रु तथा सवारीसाधन दुबैतर्फ रोकिएका छन् । साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखापानी सातबाट हुँदै आउजाउ गर्न सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस