२०८३ बैशाख २२ गते मङ्गलवार | 2026 May 5th Tuesday

सल्यानमा नेपाली कांग्रेसको डिजिटल सूचना डेस्क स्थापना

नेपाली कांग्रेस सल्यानले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केश बहादुर विष्टको निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी बनाउन डिजिटल सूचना डेस्क स्थापना गरेको छ।

बिहीबार खलंगामा स्थापना गरिएको उक्त डेस्क आगामी फागुण २१ गते हुने निर्वाचनमा विष्टलाई विजयी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।

डिजिटल माध्यममार्फत सूचना प्रवाह, प्रचार सामग्री व्यवस्थापन तथा जनतासँग प्रत्यक्ष संवादलाई सहज बनाउन डिजिटल सूचना डेस्क स्थापना गरिएको नेपाली कांग्रेस सल्यानले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस