२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

नेपाली कांग्रेस सल्यानमा ‘जरा अभियान’ अन्तर्गत अन्तरक्रिया सम्पन्न

क्रियाशील सदस्यता अद्यावधिक र संगठन सुदृढीकरणमा केन्द्रित छलफल, जिल्ला–पालिका तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानको आयोजनामा एक महिने ‘जरा अभियान’ अन्तर्गत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला कार्यसमिति कार्यबाहक सभापति चक्र बहादुर देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका प्रतिनिधि तीर्थ जंग शाहीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा पार्टीको पन्ध्रौं महाधिवेशनको तयारी स्वरूप प्रारम्भिक चरण अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, संगठन सुदृढीकरण तथा पार्टी सुदृढीकरणसँग सम्बन्धित विविध महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो।

अन्तरक्रियामा जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू, प्रदेशसभा कार्यसमितिका पदाधिकारीहरू, जिल्लाका १० वटै पालिकाका सभापतिहरू साथै भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमले संगठनलाई थप सशक्त बनाउँदै आगामी महाधिवेशनलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस