२०८२ बैशाख २४ गते बुधवार | 2025 May 7th Wednesday

बागचाैर नगरपालिकामा प्रजनन स्वास्थ्य शिविर:१७० महिला लाभान्वित

स्वास्थ्य शाखा बागचाैर नगरपालिकाकाे आयोजनामा बुधबार काेटमाैला स्वास्थ्य चाैकीमा प्रजनन स्वास्थ्य रुगण्ताको स्कृनिङ तथा व्यवस्थापन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएकोमा वडा न. ८,९ र १० का १७० जना महिला लाभान्वित भएका छन् ।

सल्यानकाे बागचाैर नगरपालिकामा निःशुल्क स्त्री रोग तथा महिला प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शाखा बागचाैर नगरपालिकाकाे आयोजनामा बुधबार काेटमाैला स्वास्थ्य चाैकीमा प्रजनन स्वास्थ्य रुगण्ताको स्कृनिङ तथा व्यवस्थापन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएकोमा वडा न. ८,९ र १० का १७० जना महिला लाभान्वित भएका छन् ।

शिविरमा स्त्री रोग परीक्षण तथा उपचार, यौनरोग पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर भीआइए जाँच, महिलाको आङ खस्ने जाँचका साथै नि:शुल्क औषधी वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनय डाँगीले बताउनुभयो ।

आर्थिक अभावका कारण स्वास्थ्य सेवा बाट नगरपालिकाका नागरिक बन्चित नहुन भन्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको नगरपालिका प्रमुख जनकराज गाैतमले बताउनुभयो । शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भीर प्रकृतिका बिरामीहरु समेत फेला परेकाले उनीहरुलाई नगरपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गर्ने नगर प्रमुख गाैतमकाे भनाइ छ ।

ग्रामीण भेगका अधिकांश महिलाहरुले विभिन्न कारणले रोगहरु लुकाउने र सोही लुकाएका रोगहरु फैलिएर क्यान्सर जस्ता घातक रोगसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै सञ्चालित शिविरबाट धेरै लाभ लिन सक्ने भएकाले शिविर निकै प्रभावकारी भएको वडा न. ८ का वडा अध्यक्ष सुशील जंग चन्दले बताउनुभयो ।

गाउँमै औषधीसहितको स्वास्थ सेवा पाउँदा स्थानीयहरु खुसी भएका छन् । स्वास्थ्य उपचारका लागि काठमाडौँलगायत जिल्ला बाहिर जानुपर्दा धेरै खर्च लाग्ने भएकाले गाउँमै सेवा पाउदा खुसी लागेको स्थानीयहरुले बताएका छन ।

वडा अध्यक्ष शुसील जंग चन्दकाे अध्यक्षतामा भएको शिविरकाे उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, कार्यपालिका सदस्य सिता शर्मा, वडा सदस्य, शुसिला कामी, स्वास्थ्य शाखा प्रमुख विनय डाँगी, स्वास्थ्य शाखामा कार्यरत धन बहादुर पुन, प्राथमिक स्वास्थ्य केन्द्र थारमारेका प्रमुख हिमाल भण्डारी, स्वास्थ्यकर्मी सविता डि.सी, राज कुमारी गिरी, कमला बुढा, शिक्षक अङ्गेश्वर डाँगी लगायत नगर वासीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण काेटमाैला स्वास्थ्य चा‌ैकी प्रमुख दिपेन्द्र गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस