नेपाल ज्योतिष परिषद् मकवानपुर जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आफूहरूले राजीनामा दिएको भन्ने भ्रामक समाचार तथा हल्लाको कडा खण्डन गरेका छन्।
मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले कुनै पनि पदाधिकारी वा सदस्यले औपचारिक रूपमा राजीनामा नदिएको स्पष्ट पारेका छन्। विज्ञप्तिमा राजीनामासम्बन्धी कुनै आधिकारिक जानकारी परिषद्मा नआएको र आफूहरू हालसम्म पनि जिल्ला कार्यसमितिमै आबद्ध भई सक्रिय रूपमा काम गरिरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा कसैले अनधिकृत रूपमा त्यागपत्र प्रस्तुत गरेको भए त्यसलाई परिषद्को विधान र प्रक्रिया विपरीत मानिने जनाउँदै त्यस्तो प्रयास स्वीकार्य नहुने स्पष्ट सन्देश दिइएको छ। परिषद् नेतृत्वले संगठनभित्र भ्रम सिर्जना गर्ने कुनै पनि गतिविधिप्रति सचेत रहन सबैलाई आग्रहसमेत गरेको छ।
यस विषयमा नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्यहरू आचार्य ज्योतिषी पण्डित गणेशप्रसाद धिताल, विष्णु दाहाल, मातृका नेपाल तथा होमराज न्यौपानेले समेत संगठनमा कुनै विवाद नरहेको र परिषद् विधिसम्मत ढंगले अघि बढिरहेको बताएका छन्।
२०८२ साल पुस १६ गते जारी गरिएको विज्ञप्तिमा निम्न पदाधिकारी तथा सदस्यहरूको हस्ताक्षर रहेको छ :
विज्ञप्तिमा हस्ताक्षर गर्ने पदाधिकारी तथा सदस्यहरू
चैतन्य कृष्ण सरण – उपाध्यक्ष
रामेश्वर धिताल – कोषाध्यक्ष
केशव प्रसाद सापकोटा – जिल्ला सदस्य
नारायणप्रसाद पौडेल – सदस्य
पिताम्बर ढकाल – सदस्य
डिकनाथ पौडेल – सदस्य
शालिग्राम पराजुली – सह–कोषाध्यक्ष
देवकृष्ण घिमिरे – सदस्य
यसैबीच परिषद्ले आगामी पुस १९ गते मकवानपुर जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको सन्दर्भमा जारी गरिएको यो स्पष्टिकरणले संगठनभित्र देखिएको अन्योल अन्त्य गर्दै एकताबद्ध ढंगले अघि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ।
