२०८२ कार्तिक ८ गते शुक्रवार | 2025 October 24th Friday

इलाका प्रहरी कार्यालय थारमारेमा बैंक तथा वित्तीय संघ संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम

सल्यानको बागचौर नगरपालिका भित्र संचालित विभिन्न बैंक तथा वित्तीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग आसन्न प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन, दशैं र तिहार लगायतका चाडपर्वहरुमा आईपर्ने वित्तीय संघसंस्थाहरुमा सुरक्षा चुनौती र सो सम्बन्धी विविध सुरक्षाका विषयमा अन्तरक्रिया कार्यक्रम इलाका प्रहरी कार्यालय थारमारेमा सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय थारमारेको आयोजनामा भएको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाही संग बैंक, वित्तीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै इप्रका थारमारेका प्रमुख कनक बहादुर शाहीले बैंक , लघुवित्त, बित्तीय संस्था र सहकारी संस्थाहरुलाई जुनसुकै समयमा पनि शान्तिसुरक्षा दिनका लागि आफुहरु तयार रहेको बताउनुभएको छ । दशै तिहार र अन्य चाडपर्वको समयमा अफिस लामो समय बन्द हुने हुदा सो समयमा इलाका प्रहरी कार्यालयमा जानकारी गराउन समेत शाहीले अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै एन आई सि एशिया लघुवित्त वित्तीय संस्था बागचाैर शाखाका प्रमुख निर्मल भण्डारीले सुरक्षाका हिसाबले लघुवित्त जोखिममा रहेको बताउनुभएको छ । लघुवित्तका लागि सुरक्षा गार्डहरु पनि नहुने भएकाले सुरक्षाका लागि प्रहरी प्रशासनले यसमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बागचाैर नगरपालिका भित्रका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस