२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

६७ औं प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय थारमारेले गर्याे वृक्षरोपण कार्यक्रम।

आज आइतबार ६७ औँ प्रहरी दिवस मनाइँदैछ। विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको मानिन्छ। २०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरियो। कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६७ वर्ष पुगेको हो। प्रहरी दिवस तीन दिनसम्म दिपावली गरेर मनाउने गरिन्छ। आइतबारदेखि नै दिपावली तथा अन्य कार्यक्रम गरेर सुरु गरिएको छ। आज मुख्य दिन हो।

प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय थारमारे सल्यानले कार्यालय भवन परिसरमा वृक्षरोपण कार्यक्रम गरेको छ । प्रहरी दिवसलाई संगठनले आफ्ना गतिविधिको बारेमा मूल्यांकन गर्ने, हरेक प्रहरी कमर्चारीले जुन उद्देश्य र कसम खाएर नेपाल प्रहरी प्रवेश गरेको थियो, देश र जनताको सेवा गर्न त्यो सेवा अझ विशिष्टिकृत सेवा गर्छौं भनेर कसम खाने दिनका रुपमा रहेको ईलाका प्रहरी कार्यालय थारमारेका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताउनुभयो

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया लेख्नुहोस