सल्यानकाे प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा बृहत कृषि तथा सांस्कृतिक महाेत्सव संचालन हुने भएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा बृहत सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो ।
महोत्सव यही पुस १३ गतेदेखी २३ गतेसम्म १० दिन सम्म संचालन हुनेछ ।
महाेत्सवकाे मुल नारा उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पुर्याऔँ, मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको भन्ने राखिएकाे छ । महाेत्सवकाे बारेमा जानकारी दिन शनिबार श्रीनगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे थियाे ।
महोत्सवमा २ सयभन्दा बढी स्टलहरु राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगीले बताउनुभएकाे छ । उहाँका अनुसार कर्णाली प्रदेशका विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्याेगबाट उत्पादित समाग्रीहरु महाेत्सवमा राखिने छ ।
महाेत्सवमा स्थानीय तथा राष्ट्रिय स्थरका कलाकारहरुकाे सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनाेरन्जनात्मक बस्तु राखिने प्रचारप्रसार समितिका संयाेजक सुमननाथ याेगीले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा दैनिक १० लाख बढीको प्रत्यक्ष र ५ लाख बढीको अप्रत्यक्ष रुपमा कारोबार हुनेछ ।
महोत्वसव अवधिभर करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।