२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

साइबर अपराध र लागू औषध बिरुद्ध जनचेतनामूलक कार्यक्रम जनकल्याण मा.बि थारमारेमा गरियो

साइबर अपराध र लागू औषध बिरुद्ध जनचेतनामूलक कार्यक्रम बिहीबार जनकल्याण नमुना माध्यमिक बिद्यालय थारमारेमा गरिएको छ ।                                                                     

इलाका प्रहरी कार्यालय थारमारेकाे आयोजनामा कार्यक्रम गरिएको हाे । उक्त कार्यक्रममा बिद्यालयका माध्यमिक तहमा अध्यनरत छात्र, छात्रालाई साइबर अपराध र लागू औषध बाट पर्ने प्रभाव र यस बाट बच्ने उपायबारे जानकारी गराइएको थियो ।                                                                                     

साइबर बाट हुन सक्ने अपराधीक घटना तथा लागू औषध दुर्व्यसनीमा किसाेर, किसाेरीहरु जानीनजानी त्यस्ता गतिविधिमा सरिक हुने जाेखिम बढी रहने हुदा सचेतनाका लागि बिद्यालयमा कार्यक्रम गरिएको हाे ।                                                         

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले साइबर समस्याको मुख्य कारण इन्टरनेट तथा कम्युटर, माेबाइल प्रयोगकर्तामा साइबर सजाय सम्बन्धि सामान्य जानकारी नहुनु रहेकाे बताउनुभयो ।
यस कार्यक्रमले साइबर अपराध र लागू औषध बिरुद्धकाे अभियानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै, युवा उमेरमा कुनै पनि नयाँ कुराहरुमा छिट्टै आकर्षण हुने हुदा सचेत रहन अनुराेध गर्नुभयो ।                                                               

कार्यक्रममा बाेल्दै बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले कार्यक्रम प्रभावकारी भएकाले नगरपालिकाका सबै वडाका बिद्यालयमा संचालन गर्नुपर्नेमा जाेड दिनुभयो । सामाजिक संजालमा कुनै पनि प्रकारका आपराधिक गतिविधि गरि कसैले सताएमा घर परिवारलाई जानकारी गराउन अनुरोध गर्नुभयो ।                                                                         

कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै जाँदा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम बढिरहेको बताउनुभयो । यस प्रकारको घटना बाट सजक भएर प्रयोग गर्न अनुरोध गर्नुभयो ।   

बागचाैर नगरपालिकाका सबै वडाका बिद्यालयहरुमा कार्यक्रम संचालन गर्ने इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिनुभयो ।               

साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गएको छ । इन्टरनेटले एकातर्फ मानिसलाई जोडेको छ भने अर्कोतिर टाढा पनि बनाएको छ ।                        विज्ञान र प्रविधिको विकास संगै अपराधको संसार पनि विकसित भएको छ । साइबर अपराध पनि विज्ञान र प्रविधि संग जोडिएको अपराध हो । यस अन्तर्गत पर्ने अपराध मध्ये वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी । यस्तै साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट संग सम्बन्धित आपराधिक सबै गतिविधिहरु पर्छन् ।                       

मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।
विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ ।

इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीकाे अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, शिक्षा शाखा प्रमुख चित्रा बस्नेत, जनकल्याण नमुना माध्यमिक बिद्यालयका शिक्षक, बिद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सहजीकरण इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी सहायक निरीक्षक दिपकराज वनले गर्नुभएको थियोे ।     

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस