२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

काङ्ग्रेस सल्यान प्रदेश सभा`क´ले गर्याे काङ्ग्रेसबाट बिजयी जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम

नेपाली काङ्ग्रेस सल्यान प्रदेश सभा (क)काे आयोजनामा प्रदेश सभा (क)स्थित पालिकाहरुमा काङ्ग्रेसको तर्फबाट उम्मेदवार भई बिजयी भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम बागचाैरमा सम्पन्न भएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा (क) स्थित पालिकाहरुमा बिजयी उम्मेदवारहरुलाई प्रमाण पत्र वितरण तथा पार्टीको तर्फबाट आवश्यक निर्देशन दिइएको थियो ।

नेपाली काङ्ग्रेस प्रदेश सभा (क) का सभापति सुरेश चन्दकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह-महामन्त्री एकराज डाँगी बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति केश बहादुर बिष्ट अन्य अतिथिरुमा जिल्ला कार्यसमिति सचिव तथा शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारी, जिल्ला कार्यसमिति सह-सचिव तथा बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम लगाएत जिल्ला कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरु क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरु विभिन्न पालिकाका पदाधिकारीहरु एवं सदस्यहरु,  जनप्रतिनिधिहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सहजिकरण नेपाली काङ्ग्रेस प्रदेश सभा (क) काेषाध्यक्ष चन्द्रिका हमालले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस