२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

मगर भाषाकाे किताब प्रकाशनकाे अन्तिम तयारीमा

रामु मगर/ माघ १२, सल्यान ।

मगर परिवार नेपाल (एन.पि.एन) संस्थाले मगर भाषाकाे किताब प्रकाशनकाे अन्तिम तयारीमा रहेकाे जनाएकाे छ ।

मगरकाे माैलिक भाषा र धर्मसंस्कृति तथा पहिचान झल्किने खालकाे किताब मगर परिवार नेपाल (एन.पि.एन)ले प्रकाशन गर्न लागेकाे हाे । बेलाबेलामा विभिन्न काम गर्दै आएकाे याे संस्थाले  अहिलेसम्मकै सबैभन्दा ठूलो अभियानकाे रुपमा किताब प्रकाशन गर्न लागेकाे जनाएकाे छ ।

लाखौं मगर भाषाको किताब उत्पादन गर्न लागिएको संस्थाका अध्यक्ष प्रनिस आले मगरले बताए । यसअघि पनि यस संस्थाले विभिन्न जनचेतना जगाउने खालका सीपमूलक, सन्देशमूलक तथा विकासमूल कार्यक्रमहरु गर्दै आईरहेकाे उनकाे भनाइ छ ।

यो अभियानलाई सफल बनाउनकाे लागि संसारभर छरिएर बसेका मगर तथा गैरमगर समुदायहरुबाट सहयोग समेत भएकाे संस्थाका सचिव मिलन थापा मगरले बताए । अहिले आर्थिक संकलन अभियान चलिरहेको उनकाे भनाइ छ ।

प्रकाशन गरिने उक्त किताब देशभरिका हरेक जिल्ला, पालिका तथा वडा तहका प्रत्येक घरघरमा र बहिरी देशसम्म पुर्याइने उनले बताए

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस