२०८२ कार्तिक ६ गते बुधवार | 2025 October 22nd Wednesday

सल्यानमा प्रथम ‘जय नेपाल कप’ खुल्ला भलिबल प्रतियोगिता २०८२ भव्य समारोहका बीच उद्घाटन

सल्यानमा आयोजना गरिएको प्रथम ‘जय नेपाल कप’ खुल्ला भलिबल प्रतियोगिता–२०८२ आज एक भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।

कार्यक्रमको अध्यक्षता आयोजक नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सल्यानका अध्यक्ष केशवजङ्ग डाँगीले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली काँग्रेस कर्णाली प्रदेश सह–महामन्त्री एकराज डाँगी हुनुहुन्थ्यो।

कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य रुद्र चन्द, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, काँग्रेस जिल्ला सह–सचिव तथा बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, महाधिवेशन प्रतिनिधि मानबहादुर डाँगी, सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरी, विभिन्न पालिकाका सभापति, भातृ संगठनका प्रतिनिधि, शुभेच्छुक संस्था, जनप्रतिनिधि, सुरक्षा निकाय, खेलाडी र सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एकराज डाँगीले खेलकुदले समाजमा एकता, अनुशासन र भाइचाराको भावना विकास गर्न सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले युवाको नेतृत्व विकास र राष्ट्रिय एकताको माध्यमका रूपमा खेलकुदको महत्व उल्लेख गर्दै खेलाडीहरूलाई निष्पक्ष खेल भावना र अनुशासनका साथ प्रतिस्पर्धा गर्न शुभकामना दिनुभयो।

त्यसैगरी अध्यक्ष केशवजङ्ग डाँगीले जय नेपाल कप सल्यानको गौरवपूर्ण पहल भएको बताउँदै खेलकुदको माध्यमबाट विद्यार्थी र युवालाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने उद्देश्य रहेको बताउनुभयो।उहाँका अनुसार खेलकुदले अनुशासित, जिम्मेवार र देशप्रेमी नागरिक तयार पार्ने कार्यमा नेपाल विद्यार्थी सङ्घ सदैव अग्रणी रहनेछ।

आयोजकका अनुसार यस प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका उत्कृष्ट टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।

आयोजकका अनुसार विजेता टिमलाई आकर्षक नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
• पहिलो हुने टिमलाई रु. १,००,०००
• दोस्रो हुने टिमलाई रु. ७५,०००
• तेस्रो हुने टिमलाई रु. ५०,००० पुरस्कार दिइनेछ।

प्रतियोगिता यही असोज २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

नेपाल विद्यार्थी सङ्घ सल्यानले पहिलो पटक आयोजना गरेको यो प्रतियोगिताले युवामा खेलप्रतिको उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस