सल्यानको बागचौर नगरपालिका–२, थारमारेमा ‘बागचौर प्रिमियर लिग (BPL) सिजन–२’ क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ।
युवा विद्यार्थी समाज बागचौर सल्यानको आयोजनामा जनकल्याण नमूना माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
गत वर्ष पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएपछि यस वर्षको दोस्रो सिजनमा थप आकर्षक र प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ। क्रिकेट खेलको विकास र विस्तारसँगै स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।
बागचौर प्रिमियर लिग (BPL) संयोजक कमल खड्काका अनुसार प्रतियोगिता आगामी असोज २६ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। खेल १५ ओभरको टेनिस बल क्रिकेट हुनेछ र प्रत्येक टिममा एक्स्ट्रा खेलाडीसहित १५ जना खेलाडी समावेश गर्न पाइनेछ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५१ हजार र द्वितीय हुने टिमलाई रु. ३१ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
टिम दर्ता असोज २५ गते बेलुका ५ बजेसम्म गर्न सकिनेछ। बागचौर नगरपालिका अन्तर्गत प्रत्येक वडाको टिमले रु. ६ हजार दर्ता शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ।
गत वर्षको पहिलो सिजनमा वडा नं. ९ बिजेता बनेको थियो भने वडा नं. १२ उप–बिजेता बनेको थियो।