२०८३ बैशाख ३० गते बुधवार | 2026 May 13th Wednesday

सल्यानका सबै कार्यालय सोमबारदेखि नियमित सञ्चालनमा आउने

सल्यानका सबै सरकारी कार्यालयहरू सोमबार (असोज २०) देखि नियमित रूपमा सञ्चालनमा आउने भएका छन्। हाल जिल्लामा मनसुनको प्रभाव नदेखिएको र आगामी दिनमा समेत उल्लेखनीय असर पर्ने सम्भावना नदेखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले सबै कार्यालयहरू पूर्ण रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो।

गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा सार्वजनिक सेवा सुचारु गर्ने निर्देशन आएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले कर्मचारीहरू सहज अवस्थामा बिदा बस्न उपयुक्त नहुने बताएका छन्। उनले सेवाप्रवाह नियमित गर्न सबै कार्यालय प्रमुखहरूलाई सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याउन अनुरोध गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत सेवा प्रवाहको अवस्था प्रत्यक्ष निरीक्षण गरिने जनाएको छ।

विभिन्न विकास योजना तथा वार्षिक कार्यक्रम कार्यान्वयनको चाप रहेको र सेवाग्राहीलाई अत्यावश्यक सेवा सहज रूपमा उपलब्ध गराउन कार्यालयहरू नियमित सञ्चालन गर्नु जरुरी भएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस