२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

बागचौरमा सार्वजनिक नागरिक सुनुवाइ तथा सम्मान कार्यक्रम सम्पन्न

सुनुवाइसँगै जेष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी सम्मानित

 

जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय थारमारेको संयुक्त आयोजनामा बागचौर नगरपालिका–२, थारमारेस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा सार्वजनिक नागरिक सुनुवाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर के.सी.को अध्यक्षता, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलको प्रमुख आतिथ्य तथा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको विशेष आतिथ्य रहेको थियो।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, सरकारी कार्यालयका प्रतिनिधि, साझेदार संघ–संस्था र सर्वसाधारणसहित करिब १५० जना सहभागी भएका थिए।

कार्यक्रममार्फत जेष्ठ नागरिकलाई नगद तथा दोसल्ला ओढाइ सम्मान गरिनुको साथै एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा कक्षा ८ र ९ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत सम्मान तथा पुरस्कार वितरण गरिएको थियोे ।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस