२०८२ कार्तिक ६ गते बुधवार | 2025 October 22nd Wednesday

बागचौरमा बागचौर प्रिमियर लिग (BPL) सिजन–२ क्रिकेट प्रतियोगिता सुरु 

सल्यानको बागचौर नगरपालिकामा युवा विद्यार्थी समाज बागचौर सल्यानको आयोजनामा दोस्रो संस्करणको बागचौर प्रिमियर लिग (BPL) सिजन–२ क्रिकेट प्रतियोगिता–२०८२ आइतबारदेखि सुरु भएको छ।

जनकल्याण नमूना माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम रहनुभएको थियो। प्रमुख अतिथिले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदले युवाहरूमा अनुशासन, एकता र आत्मविश्वास बढाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले प्रतिभा प्रस्फुटनमा टेवा पुर्‍याउने बताउनुभयो।

आय‍ोजकका अनुसार, बागचौर नगरपालिका भित्रका १६ टिमले प्रतियोगितामा सहभागिता जनाएका छन्। खेल असोज २९ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक युवा विद्यार्थी समाज बागचौरका अध्यक्ष कमल खडकाले  जानकारी दिँदै प्रतियोगिताको उद्देश्य बागचौर नगरपालिका भित्रका क्रिकेट खेलाडीहरूको सम्भाव्यता अध्ययन गर्दै खेलको विकास, विस्तार र खेलाडीलाई प्रोत्साहन गर्ने रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथिमा बागचौर नगरपालिका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष दिपेश डि.सी, नेकपा एमाले प्रदेश सदस्य घनश्याम शर्मा,  जिल्ला क्रिकेट सङ्घ सल्यानका अध्यक्ष सबिन हमाल, बागचौर नगरपालिका रोजगार संयोजक तथा युवा विद्यार्थी समाजका सल्लाहकार नवराज डाँगी, नेपाल तरुण दल प्रदेश सभा (क) का क्षेत्रीय सभापति कमल चन्द, बागचौर नगरपालिका सामाजिक विकास शाखा प्रमुख विशाल ओली, जनकल्याण नमूना माध्यमिक विद्यालय थारमारेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोरख खत्री, बागचौर नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी धनबहादुर पुन, खेल प्रशिक्षक दिपक पुन, विद्यालयका पूर्व शिक्षक प्रेम के.सी, शिक्षा शाखाका कर्मचारी तिलक वली, एकीकृत समाजवादी पार्टी बागचौर नगर अध्यक्ष रेशम भण्डारी, पत्रकार श्रवण देवकोटा, खेलाडी, रेफ्री तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विजेता टिमलाई नगद ५१ हजार रुपैयाँ, उपविजेता टिमलाई नगद ३१ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

गत वर्ष सम्पन्न पहिलो सिजनमा वडा नं. ९ विजेता र वडा नं. १२ उपविजेता बनेका थिए।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस