२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

सल्यानमा प्रथम ‘जय नेपाल कप’ खुल्ला भलिबल प्रतियोगिता सम्पन्न:बागचौर नगरपालिकाको टिम विजेता

सल्यानमा आयोजना गरिएको प्रथम ‘जय नेपाल कप’ खुल्ला भलिबल प्रतियोगिता–२०८२ शनिबार एक भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सल्यानको आयोजनामा असोज २२ गतेदेखि सुरु भएको प्रतियोगिता असोज २५ गते फाइनल खेलसँगै सम्पन्न भएको हो।

फाइनल खेलमा बागचौर नगरपालिका टिमले सिद्धकुमाख गाउँपालिका टिमलाई पराजित गर्दै उपाधि हात पारेको छ।
त्यसैगरी, द्वितीय स्थान सिद्धकुमाख गाउँपालिका टिमले र तेस्रो स्थान प्रदेशी दाजुभाइ टिमले प्राप्त गरेका छन्।

विजेता टिमलाई आकर्षक नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

पहिलो हुने टिमलाई रु. १,००,००० (एक लाख रुपैंया)

दोस्रो हुने टिमलाई रु. ७५,००० (पचहत्तर हजार रुपैंया)

तेस्रो हुने टिमलाई रु. ५०,००० (पचास हजार रुपैंया) प्रदान गरिएको हो।

त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पुरस्कार र ट्रफीसहित सम्मान गरिएको थियो भने खेल सञ्चालनमा योगदान पुर्‍याउने रेफ्रीहरूलाई पनि सम्मान गरिएको आयोजक समितिले जनाएको छ।

समापन समारोहका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्यसमिति उप–सभापति सन्तोष के.सी. ले खेलकुदले युवामा अनुशासन, एकता र नेतृत्व क्षमता विकास गर्न सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले विजेता तथा सहभागी सबै टिमलाई बधाई दिँदै खेलकुदलाई राष्ट्रिय एकताको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

आयोजक समिति अध्यक्ष केशवजङ्ग डाँगीले सल्यानमै पहिलो पटक यस्तो स्तरको खुल्ला प्रतियोगिता सम्पन्न गर्न सफल भएकोमा सबैको सहयोग र सहभागिताप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले खेलकुदलाई विद्यार्थी र युवाको जीवनसँग जोड्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर ल्याइरहने प्रतिबद्धता जनाउनुभयो।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस