२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

विकासमा वडालाई न्याय दिन्छु, : महिला सदस्य पुस्पा सिंह शाह

( महेन्द्र सिंह ) बाँके नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेस वडा नं.१वडा सदस्यका उम्मेदवार पुस्पा सिंह शाहको चर्चा वडामा चल्न थालेको छ । महिलाहरुको माझमा सधै आफुलाई परिचित बनाउँदै आएकि शाहको वडा नं. १ का ढुकढुकी बनेको स्थानियहरुले बताउँछन ।स्थानिय तहमा मनाईने पर्वमा महिलाहरु लक्षित कार्यक्रम व्यक्तिगत रुपमा आयोजना गर्ने शाहले निर्वाचन जिते पछि वडालाई नगरकै सुन्दर वडाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउँछन ।

महिला वडासदस्य भएपछि वडाका महिलाहरुले आफ्ना समस्याहरु पनि खुलस्त ढंगले राख्न सक्ने भएकाले वडामा महिलालाई सदस्यमा निर्वाचित गर्नुपर्ने टोलबासीको भनाई छ । वडासदस्य की उम्मेदवार शाहले पनि आफु वडामा निर्वाचित भए महिलाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस