२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

(ASDP) को पालीकास्तरीय योजना तथा प्रगति समीक्षा गोष्ठी बागचौरमा सम्पन्न ।

असार ८, सल्यान – सल्यानको बागचौरमा कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ले पालिकास्तरीया योजना तथा प्रगति समिक्षा गोष्ठी तथा सरोकारवालासँग M&E MIS सम्बन्धि गोष्ठी तथा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) कि अनुगमन, मुल्यांकन तथा ज्ञान व्यवस्थापन अधिकृत शिला अधिकारी देवकोटाले यो कार्यक्रम कृषकहरुसँग प्रत्येक्ष जोडिएको कार्यक्रम भएकोले सरोकारवालाहरुले यश विषयमा विशेष चासो राख्न अनुरोध गरेकि छन । उनले कार्यालयमा छनोट परि आएका उच्च मूल्य जाने कृषि मुल्य शृङ्खला (बाली र वस्तु) हरुको व्यवसाय उन्मुख र उत्पादन प्रणालीमा संलग्न साना कृषक तथा पिछडिएका ग्रामीण समुहहरुको आय, व्यय सुरक्षामा दिगो सुधार ल्याई नेपालको दिगो विकास लक्ष्यमा मर्यादित काम र आर्थिक वृद्धि प्राप्तिमा योगदान पुर्याउनु यसको महत्त्वपूर्ण उद्देश्य रहेको बताउनुभयो ।
अधिकारीले कृषि क्षेत्र विकास कार्यक्रम बागचौरले नगरपालिका भित्र गरेका सम्पुर्ण कामको प्रगति समिक्षा तथा योजना तर्जुमा सरोकारवालासँग M&E MIS सम्बन्धि प्रस्तुतीकरण समेत गर्नूभएको थियो ।

बागचौर कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) का कार्यक्रम अधिकृत प्रकाश पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, विशिष्ट अतिथि उप-प्रमुख सुम्निमा डि.सी.(वली), विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, अतिथिहरु १२ वटै वडाका वडाध्यक्षहरु, सम्पुर्ण कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु लगायतका रहेका थिए ।
मूल्य शृङ्खला तथा व्यवसाय विकास अधिकृत चन्द्र काक्रीले सहजीकरण गरेको कार्यक्रम उपस्थिति सम्पुर्ण सरोकारवालाहरुले यस कार्यक्रमले किसानहरुलाई ठुलो टेवा पुर्याएकोले एकदमै महत्त्वपूर्ण र प्रभावकारी रहेको बताउँदै यो कार्यक्रम संचालन नभएका वडाहरुमा संचालन गर्न आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस