वैशाख २१, दाङ । निजि तथा सस्थागत विद्यालय समन्वय समिती, तुलसीपुरको आज बसेको बैठकले शैक्षिकसत्र २०७९ को भर्ना कार्यक्रम बैशाख २२ बाट अभियानका रुपमा सुरु गर्ने समितीका सदस्य भोजराज न्यौपानेले जानकारी दिनुभयो ।
समितीका संयोजक प्रकाश कुमार शर्माको अध्यक्षतामा बसेको निजि तथा सस्थागत विद्यालय समन्वय समितिको बैठकबाट विभिन्न प्रस्तावहरुमा छलफल पनि भएको छ ।
कुनै एक विद्यालयबाट स्थानान्तरण भइ अर्को विद्यालयमा भर्ना हुन जादा अनिवार्य स्थानान्तरण प्रमाणपत्र लिएर मात्र भर्ना गर्ने बैठकले निर्णय गरेको छ । यस्तै , भर्ना कार्यक्रममा अनावश्यक प्रचार र दुईमा एक फ्री, यातायात फ्री, ड्रेस फ्री आदि भन्ने जस्ता प्रलोभन अभिभावकलाई देखाउन नपाइने साथै अन्य विद्यालयको आलोचना र टिकाटिप्नी नगर्ने र नियम सबैले पालना गर्नु पर्ने बैठकले निर्णय गरेको छ ।