नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको घुम्ती बैठक पुर्वी रुकुममा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् पुर्वी रुकुम जिल्ला कार्यसमितिको व्यस्थापन एवम् नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा प्रदेशको घुम्ती बैठक पुर्वी रुकुममा सम्पन्न भएको हो।
पुर्वी रुकुमको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीकाे उपस्थितिमा घुम्ती बैठकमा सहभागीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको थियो । घुम्ती बैठक आयोजक जिल्ला पूर्वी रुकुमको व्यवस्थापनमा गाउँपालिका अध्यक्ष नै उपस्थित भई स्वागत तथा परियात्मक कार्यक्रम गरेकोमा नेपाल ज्योतिष परिषद् पूर्वी रुकुम र गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीलाई घुम्ती बैठकमा सहभागी गुरुहरुले धन्यवाद व्यक्त गर्दै केही महत्त्वपूर्ण निर्णयहरु भएको वताइको छ ।
जस्को निर्णयहरुमा १) २०८० कार्तिक १६ र १७ गते दाङमा हुने राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्ने २) राष्ट्रिय सम्मेलनमा पोसाक सहित प्रभात फेरि कार्यक्रम गर्ने ३)राष्ट्रिय सम्मेलन को लागि लुम्बिनी प्रदेशका जिल्ला अध्यक्ष सदस्य रहने गरि दाङ जिल्ला अध्यक्ष कपिलदेव सुवेदीको संयोजकमा आर्थिक समिति गठन गर्ने ४) केन्द्रीय सदस्यमा प्रदेश समिति का वरिष्ठ उपाध्यक्ष खिम प्रसाद पौडेललाई पठाउने ५)पदपुर्तिको क्रममा प्रदेश वरिष्ठ उपाध्यक्षमा बिष्णु पौडेल रुपन्देही , प्रदेश उपाध्यक्षमा मदन शर्मा पूर्वी रुकुम , प्रदेश उप-महासचिव बिष्णु देवकोटा, पूर्वी रुकुम र हिरा लम्साल प्रदेश सदस्य प्यूठान बाट राख्ने ६) नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको जग्गा सम्बन्धमा केन्द्रीय कार्यसमितिलाई विभिन्न निकायहरुमा सहजिकरण गरि सहयोग गर्न अनुरोध गर्ने निर्णय भएको नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मेघराज आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी मा. वि. प्रशिक्षण समिति गठन पारित, आर्थिक प्रतिवेदन पारित , लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरुबाट यहि कार्तिक १६ र १७ गते दाङमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने सबैले अनिवार्य पोसाकमा उपस्थित हुने लगाएतका निर्णय भएको नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका महासचिव ढुण्डिराज ज्ञवालीले जानकारी दिनु भएको छ ।