२०८२ फाल्गुन ३ गते आइतवार | 2026 February 15th Sunday

सल्यानकाे बागचौरमा भाेली देखि श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण हुदै

सल्यानको बागचौरमा भोलि देखि श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण सुरु हुदै छ ।

बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा जेठ १४ गते आइतबारदेखि २० गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण लाग्ने भएको छ ।

जेष्ठ नागरिक सेवा समाज नेपाल जिल्ला समिति सल्यानको परामर्स तथा प्राविधिक सहयोगमा पूण्य आर्जन गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने, बागचौर नगरपालिकाको पहिचान गराउने र ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी बागचौर नगरपालिकाको आर्थिक सहयोगमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण लगाउन थालिएको हो ।

विभिन्न धार्मिक कार्यक्रमहरु सहित धर्म प्रचार प्रसारमा बालक अवस्था देखि नै लाग्नु भएका नेपालकै प्रथम सुर्यपाकी बाल यूवा सन्त परम तपस्वी परम् बिरक्ति विशिष्ट विद्वान श्री श्री श्री स्वामी केशवाचार्य ज्यूको अमृत वाणीमा श्रीमद् भागवत सप्ताह पूराण कथा वाचन कार्यक्रम बागचौर नगरपालिका वडा नं. २, बागचौरस्थित सेवा केन्द्र रहेको स्थानमा भोलि देखि २० गतेसम्म हुने भएको हो । कथा श्रवण गरि पूण्य आर्जन एवं टिका प्रसाद, पञ्चामृत ग्रहण गर्नका साथै आफू स्वच्छिक दान कार्यका लागि बागचौर लगायत पाएक पर्ने ठाउँका सम्पुर्ण आमा-बुबा, दाजुभाइ तथा दिदिबहिनी सम्पुर्णलाई उपस्थितिका लागि आयोजक समितिले निमन्त्रणा गरेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस