दाङको धार्मिक सांस्कृतिक पर्यटनको विकास र विस्तारमा योगदान गर्ने उदेश्यले नेपाल ज्योतिष परिषदको आयोजनामा १८ औं ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन कात्तिक १६ र १७ दाङको घोराहीमा हुने भएको छ ।
सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहित लगभग ७०० भन्दा बढी ख्याति प्राप्त सुप्रसिद्ध विशिष्ट ज्योतिषीहरुको सहभागिता रहने जनाईएको छ ।
सम्मेलनले लुम्बिनी प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिव एबं सम्मेलनका संयोजक प्राध्यापक. डा. अर्नुन प्रसाद भट्टराईले बताउनु भयो ।
सम्मेलनमा आचरण निर्माणमा पूर्वीय दर्शनको भूमिका, खगोल र विज्ञान, कुण्डली विज्ञान अनुसार पेशा, व्यवसाय, वैदेशिक यात्रा, दाङ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु, वास्तु विषयहरुमा छलफल हुने बताइएको छ । कार्यक्रम २ दिन सम्म रहनेछ ।