२०८२ कार्तिक ६ गते बुधवार | 2025 October 22nd Wednesday

अविरल वर्षाका कारण असोज १९ र २० गते देशभर सार्वजनिक बिदा

अविरल वर्षाका कारण नेपाल सरकारले आइतबार र सोमबार (असोज १९ र २० गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

वर्षाका कारण आवतजावत र जनजीवन प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै नागरिकहरूको सुरक्षा र जोखिम न्यूनीकरणका लागि आगामी दुई दिन (असोज १९ र २०) सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

साथै, मन्त्रालयले सबै नागरिकलाई सतर्क रहन, अनावश्यक रुपमा बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस