प्राथामिक स्वास्थ्य केन्द्र थारमारेमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुका लागि एक दिने स्वास्थ्य परिक्षण घुम्ती शिवीर सम्पन्न भएको छ ।
बिहीबार अर्थात् आजबाट सुरु भएको उक्त शिविर सल्यानका दुई वटा पालिका बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका सल्यानसँगको साझेदारीमा संचालन गर्न लागिएको अपांग बाल अस्पताल सुर्खेतका सुपरभाइजर होमराज केसीले जानकारी दिए ।
बिकलाङ्ग मित्र समुह/अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपा काभ्रे र सल्यान बागचौर नगरपालिकाको संयुक्त आयोजनामा १८ बर्षमुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुका लागि स्वास्थ्य परिक्षण घुम्ती शिवीर सम्पन्न भएको हो ।
जसमध्ये ५ जना बालबालिका नयाँ पहिचान, ५३ जना अर्थोपेडिक सहायक सामाग्री, ४ जनालाई बैशाखी, ७ जनालाई स्पाइलिन्ट, २८ जनालाई ह्विलचियर, १ जनालाई वाकर, ५ जनालाई अर्थोपेडिक सहायक सामाग्री नाप जाँच, २४ जनालाई फिजियोथेरापि, २३ जनालाई माइनर शल्यक्रिया, ४ जनालाई रिफरल शल्यक्रिया लागि भर्ना गरिएको केसीले बताए ।
यस्तै गरि ३२ जनालाई परामर्श, ३५ जनालाई औषधि वितरण र ५७ जनालाई अभिमुखिकरण प्रदान गरिएको छ ।
कार्यक्रममा बागचौर नगरपालिका नगरप्रमुख जनकराज गौतम, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, प्राथामिक स्वास्थ्य केन्द्रका इन्चार्ज भुपेन्द्र कुमार वली, अपाङ्ग बाल अस्पतालका डाक्टर बिजय ज्याकब, अर्थोपेडिक प्राबिधिक प्रलाध पराजुली लगाएतको सहभागिता रहेको थियो ।
उक्त शिविर भोलि शुक्रबार कोटबारा स्वास्थ्य चौकी टाट्केमा संचालन गरिने छ भने त्यसलगत्तै छत्रेश्वरी गाउँपालिकामा संचाल गरिने सुपरभाइजर केसीले जानकारी दिए ।