२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

अरब कपमा २०२२ मा खेलाडीको अफसाइड पोजिसन पत्ता लगाउने प्रविधि परीक्षण गर्दैछ फिफा

फिफाले सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियाेगितामा खेलाडीहरू अफसाइड पोजिसनमा छ वा छैन भनेर थाहा पाउने प्रविधिको परिक्षण अहिले कतारमा जारी अरब कपमा २०२२ बाट गरिरहेको खुलासा गरेको छ ।

आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट सार्वजनिक गरेको फिफाले सेमी अटोमेटिक अफसाइड टेक्नोलोजी, जसलाई लिम्ब ट्रयाकिङ पनि भनिन्छ, प्रयोग गरेर खेलाडीहरू अफसाइड भए/नभएको पत्ता लगाउने सकिने जनाएको छ ।

स्टेडियमको छतमा क्यामेराहरू सेटअप गरिनेछ, जसले भिडिओबाट लिम्ब डेटा निकालेर अपरेटिङ रुममा बसेका अधिकारीहरूलाई खेलाडी अफसाइड पोजिसनमा भएको जानकारी तत्कालै उपलब्ध गराउनेछ ।

बीबीसीमा प्रकाशित लेखका अनुसार करिब १० देखि १२ वटा क्यामेराले एकजना खेलाडीको डेटा संकलन एक सेकेन्डमा ५० पटक गर्नेछ ।

योभन्दा अगाडिका खेलमा भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको प्रयोग गरिएको थियो, जुन विवादमा पनि आएको थियो ।

हाल, भीएआरले खेलाडीहरू अफसाइड छन् कि छैनन् भनी पुष्टि गर्नको लागि भिडिओ फिडको विश्लेषण र पिचमा रेखाहरू कोर्ने काम गर्दछ । तर सो भिडिओ फुटेजमा धेरैजसो समयमा खेलाडीको स्थितिको विषयमा निश्चित फुटेज संकलन गर्न सक्दैन । 

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस