२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

बागचौर प्रिमियर लिग क्रिकेट प्रतियोगिता थारमारेमा सुरु, १४ टीम सहभागी 

सल्यानकाे बागचाैर नगरपालिकामा युवा विद्यार्थी समाज बागचौर सल्यानको आयोजना तथा बागचाैर नगरपालिकाकाे आर्थिक सहयोगमा बागचौर प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

साेमबार जनकल्याण नमुना माध्यमिक विद्यालयकाे खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले गर्नुभएको हाे ।

बागचौर नगरपालिका भित्र क्रिकेट खेलाडीहरुको सम्भाव्यता अध्ययन सँगै क्रिकेट खेलको विकास र विस्तारसँगै खेलाडीहरुलाई प्रोत्साहन गर्ने र क्रिकेट खेललाई सबै सामु चिनाउने उद्धेश्यले सुरु भएको प्रतियोगिता यहीँ असोज ३० गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा बागचाैर नगरपालिका भित्रका १४ वटा टिमले भाग लिएका छन । प्रतियोगितामा सहभागी भई प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँ र द्वितीय हुने टिमलाई ३० हजार रुपैयाँको पुरस्कार राखिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस