२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

ब्रेन ट्युमरबाट पीडित शिक्षक शर्माको उपचारमा आर्थिक सहयोगको अपिल

ब्रेन ट्युमर भई काठमाडौंको ललितपुर भैसेपाटि स्थित नेपाल मेडिसिटी हस्पिटलमा भर्ना भएका कमल प्रसाद शर्माको उपचारका लागि परिवारले सहयोगकाे अपिल गरेको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं.१ कर्णेगाउँ निवासी ३७ वर्षीय शर्मा जनकल्याण क्याम्पसका प्राध्यापक स्नातकोत्तर तहमा नेपाली विषय अध्यापन गराउदै आएका साथै ब्राइट रोज ल्यान्ड बोर्डिङ स्कुल बागचौर न.पा. २, बागचौर सल्यानमा समेत नेपाली विषय शिक्षक हुन उनकाे जीवनरक्षाका लागि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो ।

घोराही राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा आइसियु खर्च र त्यहाँ उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टर मार्फत घोराही-काठमाडौ हेलिकप्टर चार्टर समेत गरि १२ लाख खर्च भैसकेको र ब्रेन ट्युमरको तत्काल अप्रेसन गर्नु पर्ने भएको र थप उपचारको लागि आफुहरुसँग रकम नभएको पिडा पोख्दै उनकी श्रीमती विजया शर्माले बिरामीलाई बचाइदिन सबैले सक्दो सहयोग गरिदिनु हुन अपिल गरेकी छिन ।

डाक्टरका अनुसार अप्रेसन गर्न तत्काल करिब ३५ लाख जति रकमको आवश्यक पर्ने भएको र आफुहरुसँग भएको रकम सकिएकोले श्रीमती बिजयाले सबैले सकेको सहयोग गरि आफ्नो श्रीमानलाई बचाईदिन आग्रह गरेकि छिन ।

शुभेच्छुकले विजया शर्माको नाममा नेपाल बैकमा रहेको 24701107037613000001 खाता नम्बरमा सहयोग गरिदिनु हुन बिरामीको परिवारले आग्रह गरेको छ।

साथै बिरामी शर्मालाई बचाउन छत्रेश्वरी १ नम्बर वडा कार्यालयले समेत निज कमल प्रसाद शर्माको परिवारको आर्थिक अवस्था कमजोर भएको हुदा उपचारको लागि सम्पुर्ण इष्टमित्र, चिरपरिचिर साथिसङ्गि, सहकर्मि मित्रहरु तथा देश, विदेशमा रहनुहुने सम्पुर्णलाई सक्दो सहयोग गरिदिनुहुन अनुरोध गरेेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस