२०८३ बैशाख २३ गते बुधवार | 2026 May 6th Wednesday

बागचाैर नगरपालिका वडा नं. १२ मा पाँचौ वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

सल्यानकाे बागचाैर नगरपालिका वडा नं. १२ मा पाँचौ वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार बाट राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भएको पाँचौ वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताकाे उद्घाटन प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले ब्यानर पढेर तथा दीप प्रज्वलन गरेर गर्नुभएको हाे ।

नगर खेलकुद विकास समिति संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वलीकाे अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर प्रवक्ता तथा २ नं. वडा अध्यक्ष दिपेश डि.सी, ३ नं. वडा अध्यक्ष भिम प्रकाश भण्डारी, ४ नं. वडा अध्यक्ष कृष्ण बस्नेत, ११ नं. वडा अध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी खत्री, वडा सदस्य मन बहादुर वली, बहादुर वली, हिरा रसाइली, अन्य जनप्रतिनिधि, नगर प्रहरी प्रमुख नवराज चन्द, नगर खेलकुद प्रशिक्षक दिपक पुन, प्रेस सल्लाहकार श्रवण देवकोटा, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, रेफ्री, खेलाडी लगाएत नगरवासीहरुकाे सहभागीता रहेको थियो ।

उद्घाटन समारोहमा वडा सदस्य मन बहादुर वलीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकाे सहजीकरण कार्यपालिका सदस्य रेखा कुमारी डाँगी खत्रीले गर्नुभएको थियो । कार्यक्रम यहीँ कार्तिक १२ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस