२०८१ चैत्र २७ गते बिहिवार | 2025 April 10th Thursday

एन्फा अध्यक्षमा कर्मा छिरिङको उम्मेदवारी घोषणा

९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनक लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुन: अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार तिनकुनेस्थित रोएल ब्यांकेटमा एक कार्यक्रमका बीच कर्मा छिरिङले प्यानसहित पुन: उम्मेदवारी दिने घोषणा  गरेका हुन् ।

‘नेपाली फुटबलको संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्यावसायिकता हाम्रो अभियान’ भन्ने नारासहित कर्माले प्यानसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

कर्मा छिरिङ शेर्पाको प्यानमा  वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार), उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, उपाध्यक्षमा उपेन्द्रमान सिंह रहेका छन् ।

यस्तै, सदस्यहरूमा फ्रेण्ड्स क्लबका अध्यक्ष दिपक थापा, सिराहका प्रविन यादव, साँगा क्लबका रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका पूर्वअध्यक्ष राम राजा गुरुङ, मकवानपुरका टिकाराम लामा, बाँकेका प्रदेश सिंह राठोर, जुम्लाका भरत बुढथापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यञ्जनकार, खुमलटार मणिराज विष्ट, टोखा क्लबका मनिष जोशी रहेका छन् ।

यसअघि असन्तुष्ट समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्षमा मनोनयन दर्ता गरिसकेका छन् ।

एन्फाको २१औं चुनावी साधारण सभा असार ६ गते हुनेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस