२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानमा ग्यास लिक भई आगलागी हुँदा आमा छोरीको मृत्यु 

सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्युु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका २, धामिढुंगाका शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो साँझ खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुति रहेको बिस्तारामा आगो सल्किन गई जलेर उनिहरुको मृत्यु भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया लेख्नुहोस