त्रिशक्ति युवा कलब बागचाैर नगरपालिका वडा नम्बर ३ थाराचाैरकाे आयोजनामा बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
असाेज १२ गते बुधबार देखि संचालित कार्यक्रम १४ गते शुक्रबार नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । ३ दिन सम्म संचालित उक्त कार्यक्रममा भलिबल प्रतियोगिता तथा लाेकदाेहाेरी प्रतियोगिता भएको थियो।
भलिबल प्रतियोगितामा १६ टिमले सहभागीता जनाएका थिय । जसमध्ये आयोजक टिम बागचाैर नगरपालिका वडा नं. ३ ले प्रथम स्थान, सिद्ध कुमाख गाउँपालिका वडा नं. १ ले द्वितीय स्थान र छत्रेश्वरी वडा नं.१ ले तृतीय स्थान हासिल गरेको थियो ।
लाेकदाेहाेरी प्रतियोगितामा बागचाैर नगरपालिका वडा नं. २ लस्तमले प्रथम स्थान, बागचाैर नगरपालिका वडा नं. ३ साेतागारले द्वितीय स्थान र बागचाैर नगरपालिका वडा नं. ३ खालीले तृतीय स्थान हासिल गरेको थियो ।
कार्यक्रममा विभिन्न स्थान हासिल गर्ने टिम तथा खेलाडीलाई पुरस्कार वितरण र प्रायोजन गर्ने विभिन्न व्यक्तिलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियाे ।
आयोजक कलबका अध्यक्ष लाेकमान डाँगीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी (वली), वडा नम्बर ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी कार्यपालिका सदस्य ढाका कुमारी वली डि.सी, भलिबलका राष्ट्रिय रेफ्री दाेर्ण प्रकाश चन्द, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, खेलाडी, ब्यापारी लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रमकाे सहजीकरण कलबका वरिष्ठ सल्लाहकार खिमराज डि.सीले गरेका थिय ।