२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

प्रदेश सभा (क) सल्यानको तरुण दल क्षेत्रीय संयोजकमा कमल चन्द मनोनित ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल प्रदेश सभा (क) सल्यानको क्षेत्रीय संयोजकमा कमल चन्द मनोनित भएका छन।
नेपाली कांग्रेस प्रदेश सभा (क) सल्यानको आयोजनामा असार २८ गते बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा बसेको बैठकले चन्दलाई संयोजक तोकेको हो। सल्यान प्रदेश सभा (क) अन्तरगतका पालिका हरु संग समन्वय गरि २ महिना भित्र पालिकाहरुमा चुस्त र दुरुस्त तरुण संगठन निर्माण गरि असोज ८ गते सिद्द कुमाख गाउँपालिका ढोरचौरमा बस्ने पार्टी क्षेत्रको बैठकमा आफ्नो राय सहित संगठनको परिस्थित पेश गर्न अनुरोध गरिएको कांग्रेस प्रदेश सभा (क) सल्यान सभापति सुरेश चन्दले जानकारी दिनुभयो ।
यसैगरी जतिसक्दो चाडाे भातृ तथा शुभेच्छुक संस्थाहरूको निर्माण गरि पार्टी संगठन लाई नयाँ उचाइमा पुर्‍याउने सभापति चन्द ले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस