२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

सल्यानमा करेन्ट लागेर एक युवकको मृत्यु

सल्यानका एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान घर नजिकै पोलमा विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको हो ।

कालिमाटी गाउँपालिका ३ ढोढेनी निवासी घनश्याम भण्डारीका २५ वर्षिय छोरा बविन भण्डारीको उपचारका क्रममा दाङको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयाे। भण्डारीको करिब दुई बजेतिर मृत्यु भएको थियो ।

डिएसपी खड्काका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारीको सामान्य उपचारपछि थप उपचारका लागि दाङ रेफर गरिएको थियो । भण्डारीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शब गृहमा राखिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस