२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

आनुवंशिक समिति गठन तथा अभिमुखिकरण तालिम बागचाैरमा सम्पन्न ।

डिभिजन वन कार्यालय सल्यानकाे आयोजनामा बागचाैरमा आनुवंशिक समिति गठन तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ । जैविक विविधता र परम्परागत ज्ञान अभिलेख गर्न आनुवंशिक समिति गठन गरिएको हाे। ९ सदस्यीय समितिकाे संयोजकमा दिपेश डि.सी, सदस्य सचिव ललित जंग खड्का सदस्यहरुमा महेन्द्र बहादुर वली, कृपाराम शर्मा, केश बहादुर भण्डारी, दिपक बि.क, लाेकमाज बि.क, ज्ञान प्रसाद शर्मा र मनिषा बुढाथोकी रहनु भएको छ । समितिले बागचाैर नगरपालिका भित्र पाईने जैविक विविधताकाे संकलन गरि अभिलेख तयार पार्नेछ । नगरपालिका भित्रका सबै वडाहरु बाट जैविक स्रोतकाे विवरण, जैविक स्रोतकाे प्रयोग, आर्थिक महत्त्व प्रयोग वा किनवेच, माैलिक ज्ञान, सीप, प्रविधि, पदार्थहरुकाे बारेमा डाटा संकलन गरिनेछ । बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सी (वली), डिभिजन वन कार्यालय सल्यानका डिभिजनल वन अधिकृत रमेश कुमार गिरी नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्ष, सिद्ध कुमाख, बागचाैर सव डिभिजन वन कार्यालय थारमारेका कार्यालय प्रमुख ललित जंग खड्का, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सामुदायिक वन समितिका प्रतिनिधिहरु लगाएतकाे उपस्थिति रहेको थियो । कार्यक्रमकाे सहजीकरण सिद्ध कुमाख, बागचाैर सव डिभिजन वन कार्यालयका वन रक्षक जनक पुन मगरले गर्नु भएको थियो ।
प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस