२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन दीर्घकालीन योजना बनाइने : सल्यानका जनप्रतिनिधि

सल्यानका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लाको स्वास्थ्य अबस्था सुधार्नुपर्ने बताएका छ्न । स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रलाई सबैले ध्यान दिनुपर्ने बिचार ब्यक्त गरेका हुन ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा सुरु भएको स्वास्थ्य सम्बन्धी समन्वय बैठक, समिक्षा तथा योजना तर्जुमा गोष्ठीका सहभागी जनप्रतिनिधिहरुले नागरिकहरुको स्वास्थ्यको गम्भीरतापुर्वक ख्याल गरिने बताएका हुन । उनिहरुले नागरिकलाई स्वास्थ्यको पहुचमा ल्याउन दीर्घकालीन योजना बनाउने बताएकाछ्न ।

गोष्ठीको उद्घाटनसत्रमा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भन्डारिले स्वास्थ्यका सवालमा अझै केन्दित हुनेपर्ने बिचार ब्यक्त गरे ।
सल्यानको स्वास्थ्यलाई कस्तो बनाउन सकिन्छ भन्ने अहिले अबसर भएको उनले बताए ।

सल्यान जिल्ला अस्पताल शारदा नगरपालिकाको मात्र नभएर समग्र सल्यान जिल्लाको अस्पताल भएको प्रमुख भन्डारीले बताए । अस्पताललाइ राम्रो र सुबिधा सम्पन्न बनाउन सबै कट्टीबद्द भएर लाग्नुपर्ने उनको भनाई छ । अस्पताललाई अगाडि बढाउन जिल्लाका सम्पुर्ण पालिकाले भुमिका खेल्नुपर्ने उनले बताए ।

गोष्ठीको प्रमुख अतिथिको रुपमा रहेका जिल्ला समन्वय समिती सल्यानका कार्यबाहक प्रमुख हरिप्रकाश पुनले स्वास्थमा विभिन्न योजना ल्याउनुपर्ने बताए । स्वास्थ्यनै जीवन भएकाले स्वास्थ्यमा सबै गम्भीर बन्नुपर्ने उनको भनाई छ ।

उद्घाटनसत्रको समापन पछि सन्चारकर्मीसङ प्रतिक्रिया दिदै त्रीवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले स्वास्थ्य सम्बन्धि मौलिक हक अनुसार स्वास्थ्यसेवाबाट कसैलाई बन्चित नगरिने बताए । आफ्नो पालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुचमा ल्याउन विभिन्न कार्यहरु सुरु गरिने उनले बताए ।

सल्यानमा स्वास्थ्यसंग सम्बन्धीत ५ वटा संस्थाले काम गरिरहेका छ्न । स्वास्थ्यका लागि सक्षम प्रणाली, दलित बिकास समाज, सिएमसी नेपाल, सुआहारा र आस्मान नेपालले काम गरिरहेको निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक दशरथ कुमार श्रेष्ठले बताए ।

हरि बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको गोष्ठीमा सल्यानका १० वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, स्वास्थ्य शाखा प्रमुखहरु, स्वास्थ्य सङसम्बन्धित सरोकारवाला निकाएका प्रतिनिधि लगाएतको सहभागिता रहेको छ ।

सोमबारसम्म चल्ने गोष्ठीमा सल्यान जिल्लाको स्वास्थ्य अबस्था र आगामी कार्ययोजनाका बारेमा छ्लफल हुने आयोजकले बताएको छ । गोष्ठीमा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वास्थ्य सेवा कार्यालयले बधाई ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस