२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

नगर प्रमुख जनकराज गौतम द्वारा कक्षा १२ को परिक्षा अनुगमन।

जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा संचालन भइरहेको कक्षा १२ को परीक्षा बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले अनुगमन गर्नु भएको छ । अनुगमनमा बागचौर नगरपालिका शिक्षा शाखा स्रोत ब्यक्ति टेक बहादुर डि.सी. नेपाली काँग्रेस कणर्ाली प्रदेश सहमहामन्त्री एकराज डाङ्गी रहनु भएकाे थियो । परिक्षामा सरस्वती मा.वि. शिवरथका १८५ जना विद्यार्थी ,महेन्द्र आदर्श मा.वि. बाँझकाडाका ३२ र भानुभक्त मा.वि. दमाचौरका १५० गरि जम्मा विद्यार्थी संख्या ३४७ रहेको केन्द्राध्यक्ष डा.पूर्ण बहादुर भण्डारी (पंकज) ले बताउनु भयो ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस