२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानका दुई पालिकामा वडा अध्यक्ष र सदस्यले उप-प्रमुखमा इन्ट्री मारे

सल्यानका दुई पालिकामा वडा अध्यक्ष र वडा सदस्य उपप्रमुख बनेका छन् ।

२०७४ को निर्वाचनमा शारदा वडा नम्बर १५ मा दलित महिला सदस्यमा निर्वाचित भएकी सुस्मिता सापकोटा सुनार यो पटक शारदा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । उनी २०७४ मा दलित महिला सदस्य भएपछि जिल्ला समन्वय समितिको सदस्यमा समेत निर्वाचित भएकी थिइन् ।

त्यस्तै २०७४ को निर्वाचनमा सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा निर्वाचित भएका राम बहादुर बस्नेत यो पटक पालिकाकै उपाध्यक्षमा निर्वाचित भएका छन् । वडा अध्यक्ष बस्ने माओवादी केन्द्र र एक‌ीकृत समाजवादको गठबन्धनबाट बस्नेतले उपाध्यक्ष जितेका हुन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस