२०८१ जेष्ठ ३० गते बुधवार | 2024 June 12th Wednesday

सल्यानमा एकैदिन २ छुट्टा छुट्टै स्थानमा आगलागी हुँदा १ करोड ९० लाख बढीको क्षति 

सल्यानमा २ छुट्टा छुट्टै थानमा भएको आगलागी बाट १ करोड ९० लाख बराबारको क्षति भएको छ ।

शनिवार राति जिल्लाको बागचौर नगरपलिका वडा नम्बर ७ टाटकेमा कपडा पसल तथा खुद्रा पसल र  वडा नम्बर ११ रातामाटामा घुम्ती पसलमा रहेको कपडा पसल र डेन्टल पसलमा आगलागी हुँदा १ करोड ९० लाख बराबारको क्षति भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । टाटकेमा चुडामनी वलीको कच्ची घरमा रहेको कपडा पसल र खुद्रा पसलमा बिद्युतको तार सर्ट भै अचान आगलागी हुँदा कपडा पसल, खुद्रा पसल र घरका तिन कोठा जलेर पुर्णरुपमा नष्ट भै १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै वडा नम्बर ११ को रातामाटामा आगलागी हुँदा स्थानिय कमल वलीको घुम्ति पसलमा रहेको कपडा पसल, डेन्टल पसल र सोही स्थानका अर्का गणेश वलीको  किराना पसल र  मोटर साइकल ग्यारेज जलेर पुर्णरुपमा नष्ट भै १ करोड ७५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख डिएसपि नविन कार्कीले बताउनु भयो । उहाँका अनुसार एक्कासि लागेको आगलागी प्रहरी र स्थानियले नियन्त्रण गरेका थिय। स्थानियका अनुसार क्षतिको विवरण संकलन भेरहेकाले अझै एकिन विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख कार्कीले बताउनु भयो ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस