सलयानकाे बागचाैर नगरपालिकामा आँखा सम्बन्धी नि:शुल्क माेतिबिन्दु छनाैट तथा नि:शुल्क माेतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
बागचाैर नगरपालिकाकाे आयोजनामा राप्ति आँखा अस्पताल रक्षाचौर दाङकाे प्राबिधिक सहयोग, नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालकाे आर्थिक सहयोगमा शिविर संचालन भएको थियो । आँखा सम्बन्धि निःशुल्क मोतिबन्दिु शल्यक्रिया शिविरमा ९२ जनाको मोतिबिन्दु शल्यक्रिया गरिएको छ ।
बागचौर नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा मङसिर १३ गते देखी १५ गतेसम्म निःशुल्क मोतिबिन्दु छनोट शिबिर संचालन गरिएको थियो । शिविरमा ३२२ महिला र २५६ पुरुष गरि जम्मा ५७८ जनाको आँखा जाँज गरेकाेमा १२० जनामा मोतिविन्दुको समस्या रहेको पाइएको थियाे ।
मङसिर १६ र १७ गते जनकल्याण क्याम्पस थारमारेमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया शिविर संचालन गरिएको थियो । शिविरमा १५७ पुरुष र १८६ महिला गरि जम्मा ३४३ जनाले आँखा जाँज गराएका थिए, जसमध्ये ९७ जनाको ल्याव परिक्षण गरिएको थियो, ल्याव रिपोर्ट अनुसार ५ जना बाहेक पुरुष ४२ र महिला ५० गरी ९२ जनाको मोतिविन्दु सफल शल्यक्रिया गरिएको थियो । ५ जनाको मोतिविन्दु शल्यक्रियाका लागि राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्गमा सिफारिस गरिएको छ । माेतिविन्दुकाे छनाैट शिवि, तथा शल्यक्रिय शिविर अवधिभर ९२१ जनाले आँखा जाँच गराएका थिय । शिविरमा मोतिविन्दुको शल्यक्रिया सहित आँखा परीक्षण, औषधी वितरण लगायत आँखा सम्बन्धि सम्पूर्ण उपचार नि:शुल्क गरिएको थियो ।
नगरपालिका भित्र आँखा सम्बन्धि समस्या भएका निम्न वर्गका नागरिकलाई सहज रुपले निःशुल्क आफ्नै घर नजिक सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले बताउनुभयो । आफ्नै घर नजिक निःशुल्क रुपले सेवा पाउदा नागरिकमा छायको खुसी देख्दा आफुलाइ खुसी लागेको उहाँले बताउनुभयो । नगरपालिकामा अब चाँडै महिलाहरुको स्वास्थ्य समस्या सम्बन्धि शिविरको आयोजना गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
बागचौर नगरपालिकाले राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्ग, नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालले शिविरमा आर्थिक सहयोग र प्राबिधिक सहयोग गरेकोमा कदर पत्र सहित सम्मान गरेको थियो ।