बागचौर नगरपालिकामा संचालित निःशुल्क मोतिबिन्दु छनोट तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा हाल सम्म ७९९ जना भन्दा बढीले आँखा चेकजाँच गराएका छन् ।
बागचौर नगरपालिकाका विभिन्न स्थानमा मङ्सिर १३ गतेदेखि “मोतिबिन्दु छनोट शिविर” संचालन गरि जनकल्याण क्याम्पस थारमारेमा नि:शुल्क मोतिबिन्दु शल्यक्रिया शिविर संचालन गरिएको हो ।
मोतिबिन्दु शल्यक्रिया शिविरकाे उद्घाटन शनिबार नगर प्रमुख जनकराज गाैतमले गर्नुभएको थियाे ।
नगरपालिकाका विभिन्न स्थान बाट ७९९ जना भन्दा बढीले आँखा चेकजाँच गराएका मध्ये १२० जना मोतिबिन्दु लक्षण देखिएकाे छनोट भएका छन । ती मध्ये ३१ जना पुरुष र ४२ जना महिला गरी कुल ७३ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
बागचाैर नगरपालिकामा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न वडामा निःशुल्क आँखाजाँच गरिएको र निःशुल्क माेतिविन्दुकाे सल्यक्रिया शिविरको आयोजना गरिएको नगर प्रमुख गाैतमले बताउनुभयो । आफ्नै घर नजिकै आँखासम्बन्धी सेवा लिन नपाउँदा नगरवासीहरु खुसी भएका छन । शिविर मङ्सिर १७ गतेसम्म थारमारेमा संचालन हुनेछ ।
नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग, राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्गको प्राबिधिक सहयोग र बागचौर नगरपालिका सल्यानको आयोजनामा शिविर संचालन गरिएको हो।