२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

बागचाैर नगरपालिका ११र १२ मा विश्व दृष्टि दिवसकाे अवसरमा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न  

नेपाल नेत्र ज्याेति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशकाे आयाेजना र वागचाैर नगरपालिका वडा न. ११ र १२ तथा वाफुखाेला स्वास्थ्य चाैकीकाे समन्वयमा आज विश्व दृष्टि दिवशकाे अवसरमा  वागचाैर नगरपालिका १२ मा रहेकाे वाफुखाेला स्वास्थ्य चाैकीमा १ दिने नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएकाे छ ।

बागचाैर नगरपालिका वडा न.१२ का वडा अध्यक्ष टिकाराम वलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा न ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी समेतकाे उपस्थिति रहेकाे थियाे भने अन्य अतिथिहरूमा कार्यपालिका सदस्य रेखा कुमारी डाँगि ,वडा सदस्यहरू बहादुर वलि , मन बहादुर वलि ,हिरा रसाइली शिक्षक दुर्गा वहादुर खत्री,स्वास्थ्य चाैकि ईन्चार्ज देवि वली वडा सचिव पलवहादुर वलि लगायत रहनुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै वडा अध्यक्ष टिकाराम वलीले विश्व दृष्टि दिवसकाे अवसरमा शुभकामना व्यक्त गर्दे वासिहरूलाई आँफ्नाे आँखाकाे  दृष्टि जाँच गरि लाभ समेत लिन आग्रह गर्नु भएकाे गर्नुभयो । नेपाल नेत्र ज्याेति संघले याे दुर दराजमा रहेका जनताहरूलाई आँखा स्वास्थ्य सेवा दिएकाेमा धन्यवाद समेत व्यक्त गर्नु भएकाे थियाे । वडा न११ का वडा अध्यक्ष केश बहादुर भण्डारिले विश्व दृष्टि दिवशकाे अवसरमा जनताकाे आँखा सम्बन्धि सेवामा तल्लिन भई समुदाय स्तरमा आएर आँखा जाँच गरि सर्वसाधारण लाई आँखा स्वास्थ्य सेवा उपलब्ध गराएकाेमा नेपाल नेत्र ज्याेति संघलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा १०५ जना नागरिकहरूले सेवा दिएका छन् भने ११ जनामा माेतिविन्दु समस्या पत्ता लागि राप्ती आँखा अस्पताल दाङ्गमा रिफर गरिएकाे छ । दृष्टि दाेष तथा अन्य समस्या भएका ६३ जनालाई प्राथमिक आँखा तथा कान उपचार केन्द्र खरिवाेटमा रिफर गरिएकाे छ । आँखा जाँच कार्यक्रममा आँखामा देखिएका समस्या समाधानका लागि  नि:शुल्क ओैषधि समेत वितरण गरिएकाे थियाे ।

सिबिएम ग्लाेवलकाे आर्थिक सहयाेगमा कार्यस्थलमा आफ्नाे आँखाकाे सुरक्षा गराै भन्ने मुल नारा रहेकाे कार्यक्रमकाे संचालन नेपाल नेत्र ज्याेति संघ,एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका सामुदायिक संयाेजक भरत देवकाेटाले गर्नु भएकाे थियाे भने विरामिहरूकाे आँखा जाँच प्राथमिक आँखा तथा कान उपचार केन्द्र वागचाैर नगरपालिका २ खरिवाेटमा कार्यरत नेत्र सहायक लक्ष्मी थापाले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस