२०८२ माघ ५ गते आइतवार | 2026 January 18th Sunday

सल्यानकाे मुलपानी नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा २ जनाकाे मृत्यु, १९ घाइते

दाङबाट सल्यान आउदै गरेको यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन ।

शनिबार दाङकाे तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ झिम्पे जयचौर तर्फ आउदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानी नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ कि ३२ बर्षीय सुनिता सुनार र सल्यानको त्रिबेणी गाउँपालिका ६ कि ४४ बर्षीय अनिता बोहरा रहेका छन ।

त्यस्तै घाइते हुनेहरुमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ का ३५ बर्षीय कमान सिंह, सोही वडाकि २६ बर्षीय रुपा बि.क., ३१ बर्षीय दोभान खड्का, ३५ बर्षीय दल बहादुर डाँगी, ५० बर्षीय चित्रा डाँगी, १८ बर्षीय सरिता केसि छ्त्रेश्वरी ३ का २४ बर्षीय खडक बि.क., छत्रेश्वरी गाउँपालिका ६ कि १८ बर्षीय देवा बि.क. रहेका छ्न ।

यसैगरी अन्य घाइतेहरुमा त्रिबेणी गाउँपालिका ६ कि २१ बर्षीय माया राना, सोही वडाका ६० बर्षीय प्रेम बहादुर बुढा, ४५ बर्षीय पुष्पा बुढा, २१ बर्षीय कुमारी चन्द, ५० बर्षीय बिमी साहु, ६३ बर्षीय हुम बहादुर बस्नेत, ४० बर्षीय धनी बस्नेत, दाङको तुलसीपुर उपमहानगरपालिकाका ९ का २१ बर्षीय प्रमोसन रिजाल, तुलसीपुर उपमहानगरपालिकाकै १८ बर्षीय कमल सुनार, ठेगाना नखुलेका ३५ बर्षीय बिनोद श्रेष्ठ र बस चालक सल्यान शारदा नगरपालिका १० का २६ बर्षीय


intervento all'apparato gastrointestinale

Intervento Gastroenterologico

Testo aggiuntivo sull’intervento gastrointestinale.

मेघराज कुँवर रहेका छन ।

घाइते मध्ये कमान, माया र बिनोदको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते सबैको उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो ।

साँघुरो बाटो भएको र अर्को गाडीलाई साइड दिने क्रममा जमिन भासिएपछि बस दुर्घटनामा परेको बताइएको छ । बसमा २१ जना सवार थिए । बस सडकदेखि करिव ७० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया लेख्नुहोस