२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

दाङमा काेठा भाडामा बस्दै आएका श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिए  

दाङको तुलसीपुरमा सल्यानका एक जोडी मृत अवस्थामा फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भई अहिले दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्जादी २५ वर्षीय शुसिल भण्डारी र उनकी श्रीमती अन्दाजी २१ वर्षीया पवित्रा डाँगी भण्डारी कोठा भित्रै मृत फेला परेका हुन् ।

शनिबार बिहान १० बजेको समयमा ढोका बन्द गरेको अवस्थामा कोठा भित्रै दुबैजना मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

केसीका अनुसार आज शनिबार बिहान अबेरसम्म पनि नउठेपछी घरवेटीले प्रहरीलाई खबर गरेका थिए । कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू मृत फेला परेका हुन् । श्रीमान पंखामा झुन्डिएको अवस्थामा र श्रीमती खाटमा मृत फेला परेको प्रहरी निरीक्षक केसीले बताए ।

उनीहरुबिच केही समय अगाडी मात्रै बिबाह भएको खुल्न आएको प्रहरीले जनाएको छ । पवित्राको माइतीघर सल्यानको शारदा नगरपालिका १२ मा रहेको बताइएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया लेख्नुहोस