२०८१ साउन ५ गते शनिवार | 2024 July 20th Saturday

सल्यानमा ३ दिनदेखि बेपत्ता महिला आफ्नै घरमा खाद्यान्न राख्ने भकारी भित्र मृत फेला

सल्यानमा केही दिन देखि हराइरहेकी एक जना महिला आफ्नै घरमा खाद्यान्न राख्ने भकारी भित्र मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नं. ४ खार्पनकी ४९ वर्षीकी गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार  गर्ने भकारीमा मृत भेटिएकी हुन् ।

मृतकको घरमा मृतक महिला सहित उनका छोरा, छोरी र बुहारी बस्दै आयका थिए । मृतक गणेशी असोज १५ गते बेलुकादेखि घरबाट हराएको परिवारले बताउँदै आएका थिए । तीनदिन सम्म पनि सम्पर्कमा नआएपछि गाउँलेहरुले उनकाे खोजिकार्य थालेका थिए ।

बिहीबार गाउँलेहरु मृतकको घरमा जम्मा भई घरभित्र शव गन्ध आएको थाहा पाएपछि हेर्दा भकारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरिएको र घटनाकाे बारे अनुसन्धान भईरहेकाे प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस