सल्यानमा बाघकाे आक्रमणबाट चार जना घाईते भएका छन।
घाइते हुनेहरुमा जिल्लाकाे छत्रेश्वरी गाउँपालिका वडा नं. ३ दोलि बस्ने बस्ने बर्ष ४० को राज के.सी, साेहि ठाउँका वर्ष ४० काे टेक बहादुर थापा, वर्ष १६ को छबिलाल के. सी र वर्ष २७ को भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
घाइतेहरु सबैलाई बाघले हात खुट्टामा आक्रमण गरेकाे र अवस्था सामान्य रहेकाे छ भने घाइते सबैकाे जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गाेपाल श्रेष्ठले बताए।
साेमबार बिहान करिब ९ बजेतिर छत्रेश्वरी गाउँपालिका वडा नं. ३ दोलिका पुर्णराज बि.क ले संचालन गरेको कुखुरा फार्म हेर्न पुगेका घाइते राजले हेर्दा भित्र ३ वटा कुखुराको चल्ला मरेको देखी उक्त खोरको ढोका खोलेर हेर्ने क्रममा खोरभित्र लुकी बसेको बाघले राजमाथि आक्रमण गरी घाईते बनाएको थियाे।
त्यसपछि करिब १०:४५ बजेतिर उक्त बाघ गाँउमा पसी बाटोमा हिडिरहेका टेक बहादुरलाई पनि आक्रमण गरी करिब १२:०० बजेतिर त्यहि बाघले बाटोमा हिडिरहेका भिमसेन र छविलाललाई पनि आक्रमण गरेकाे प्रहरी निरीक्षक श्रेष्ठले बताए।
अहिले बाघ साेहि ठाउँको धान खेतमा रहेको बाघ ब्यबस्थापनको लागी ईलाका वन कार्यालय लुहाम सल्यानको टोली पुगिसकेकाे र बाँके राष्ट्रिय निकुञ्जको टोली पनि आउदै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।