२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

तुलसीपुरका कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाख रुपैंयासहित नेपालगंज बाट पक्राउ

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित विमानस्थलबाट पक्राउ परेका छन् ।

सोमबार बिहान साढे ७ बजे बाँकेस्थित राँझा विमानस्थलबाट उनी पक्राउ परेका हुन ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले श्री एयरलाइन्सको जहाजमार्फत नेपालगञ्जबाट काठमाडौं जान लागेका सापकोटा चेकजाँचका क्रममा स्रोत नखुलेको २६ लाख रकम सहित पक्राउ परेका हुन ।

उनका साथमा रहेका अर्का कर्मचारी दीपक पौडेल भने भागन सफल भएको डिएसपी डाँगीले बताए ।

पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस