आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित विमानस्थलबाट पक्राउ परेका छन् ।
सोमबार बिहान साढे ७ बजे बाँकेस्थित राँझा विमानस्थलबाट उनी पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले श्री एयरलाइन्सको जहाजमार्फत नेपालगञ्जबाट काठमाडौं जान लागेका सापकोटा चेकजाँचका क्रममा स्रोत नखुलेको २६ लाख रकम सहित पक्राउ परेका हुन ।
उनका साथमा रहेका अर्का कर्मचारी दीपक पौडेल भने भागन सफल भएको डिएसपी डाँगीले बताए ।
पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।