२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

सल्यानमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु १४ घाइते -विवरण सहित

रुकुम पश्चिमको नुवाकोटबाट नेपालगंज जाँदै गरेकाे फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका वडा नं.२ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका वडा नं. ११ का ६० वर्षीय कमारो कामी रहेका छन् । दुवै जनाको दाङ तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नं. ३ आगरखोलामा लु २ ख ५७३१ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सल्यान दार्मा गाउँपालिका वडा नं.२ का ६० वर्षीय खिर्म खत्री, शोही ठाउँकी ४१ वर्षीया रुपा केसी, थानागाउँका ५१ वर्षीय टिकाराम केसी,उहाँको १८ वर्षीय छोरा मान बहादुर केसी, रमेश केसी, रुकुम पश्चिमकी ४० वर्षीया विमलादेवी पुन, रुकुम त्रिवेणी गाउँपालिका वडा नं. ७ की ५० वर्षीया गौमती खड्का, सानोभेरी गाउँपालिका वडा नं. ११ का २६ वर्षीय पुष्कर रसाइली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै रुकुम चौरजहारी नगरपालिका वडा नं. १२ का ४६ वर्षीय पल बहादुर खड्का, १६ वर्षीया निर्मला राना, सल्यान दार्मा गाउँपालिका वडा नं. ५ का १६ वर्षीया रमिता चन्द, रुकुम सानोभेरी गाउँपालिका वडा नं. ११ का २० वर्षीय भुपाल विक., सल्यान दार्मा गाउँपालिका वडा नं. १ किमटाकुराका ३२ वर्षीय इन्द्र बहादुर केसी,रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेहरु प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चालक भने अझै फरार रहेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस