२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

सल्यानकाे बागचाैर नगरपालिका वडा नं. २ थारमारे बजार बाट सिमेन्ट बाेकेकाे ट्याक्टर वडा नं. १ ठिनबाङ्गज्यूलामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन ।

घाइते हुनेहरुमा चालक बागचौर नगरपालिका वडा नं. १ गैराबेद बस्ने अन्दाजी २४ वर्षका युबराज रोकाय, साेही ठाउँ बस्ने वर्ष ४५ का काली बहादुर बस्नेत, वडा नं. १० पिपलनेटा बस्ने वर्ष ५० का लाल बहादुर बि.क रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ त ३२६३ नं. को ट्याक्टर सडक बाट करिव १०० मिटर तल खसेकाे थियो । घाइतेहरु मध्ये काली बहादुर बस्नेत र लाल बहादुर बि.क लाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान र चालक युवराज राेकायलाइ नेपालगन्ज रिफर गरिएकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया लेख्नुहोस